बीवाईडीसहित ३ कम्पनीलाई अमेरिकाले राख्यो ब्ल्याक लिस्टमा


काठमाडौँ । अमेरिकाले बीवाईडी सहित तीन कम्पनीलाई कालोसूची (ब्ल्याक लिस्ट) मा राखेको छ ।

अमेरिकारले चीनको सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गर्दै तीन चिनियाँ कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई कालोसूचीमा राखेको हो ।

चीनको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अलीबाबाले आफूलाई कालोसूचीमा राख्न कुनै आधार नभएको भन्दै यसविरुद्ध ‘कानुनी उपाय’ अपनाउने प्रतिक्रिया दिएको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, ‘अलीबाबा न त चिनियाँ सैन्य कम्पनी हो, न त कुनै सैन्य–नागरिक एकीकरण रणनीतिको हिस्सा । हाम्रो कम्पनीबारे गलत चित्रण गर्ने प्रयासविरुद्ध हामी उपलब्ध सबै कानुनी उपाय अपनाउनेछौँ ।’

बीवाईडी र बाइडुले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।