रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली बुकक्लोज गर्ने भएको छ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले कात्तिक १७ गते, मंगलबार, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १ स्थित कुपण्डोल ब्याङक्वेट, प्राइभेट लिमिटेडमा बिहान १० बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशतका दरले हुन आउने १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  ०८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।