सुधन गुरुङ गृहमन्त्रीमा फर्कंदै, शपथ आजै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ ।

मंगलबार (जेठ २६) दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।