काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गर्ने तयारी भएकाे छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
यस्तै, प्रधानमन्त्री शाहले गृहमा फेरि सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ । वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले आजै दुई मन्त्री थपिने जानकारी दिइन् ।
उनीहरू दुवैजनाको शपथ कार्यक्रम यस दिन दिउँसो ३ बजेका निम्ति तय गरिएको उनले बताइन् ।












प्रतिक्रिया