
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार शेयरमूल्य समायोजन भएको छ ।
दुबै कम्पनीको बोनस शेयरको बुकक्लोजसँगै नेप्सेले बिहीबार शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सूर्योदय लघुवित्त (SLBS) को १५.३५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ९६० रूपैयाँ समायोजित मूल्य निर्धारण गरेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य २ हजार २६१ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको शेयरसमायोजित शेयरमूल्यका आधारमा खुल्नेछ ।
सारथी नेपाल लघुवित्त (SNLB) को ८.१३ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ५९६ रूपैयाँ समायोजित मूल्य निर्धारण गरेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य १ हजार ७२६ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको शेयरसमायोजित शेयरमूल्यका आधारमा खुल्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया