३७ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिती



काठमाडौँ । मुलुकको कुल विदेशी विनिाय सञ्चिती ३७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दश महिना विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा मुद्रा सञ्चिती २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड पुगेको छ । केन्द्रिय बैंकको अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३२ खर्ब ९८ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ४ खर्ब ६ अर्ब १७ करोड कायम भएको छ ।

यो सञ्चितीले मुलुकको २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रिय बैंकको दाबी छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।