काठमाडौँ । इजरायलको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क पनि बढी भएको भन्दै परीक्षार्थीहरुले परीक्षा व्यवस्थापनको विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
आज बिहान पनि अर्को एक सूचना फेसबुकमा पोष्ट गर्दै आज १० जुनमा सन्चालन हुने परीक्षा पनि स्थगित गरिएको जानकारी दिएको हो ।
सूचनामा लेखिएको छ, ‘मिति २०२६ जुन ९ गते सन्चालन भइरहेको परीक्षाको क्रममा केही अराजक व्यक्तिहरु जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरुमाथि भौतिक आक्रमण गरी परीक्षा अवरुद्ध तथा बिथोलेको कारणले सो दिनको साथै मिति २०२६ जुन १० गते सञ्चालन हुने परीक्षा पनि स्थगित गर्नुपरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ सूचनामा परीक्षाको नयाँ मिति तथा समयसम्बन्धी जानकारी अर्को सूचनामार्फत् दिइने उल्लेख छ ।
इजरायल रोजगार अन्तर्गत अंग्रेजी भाषा परीक्षणको जिम्मा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले पाएको छ ।
परीक्षार्थीहरुले ५ हजार शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरण संस्थाले उपलब्ध नगराएको लगायतमा विरोध गर्दै आएका थिए ।










प्रतिक्रिया