३ लाखबाट तल झर्यो सुनको भाउ, एकैदिन १० हजारको गिरावट


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार २ हजारले बढेको सुनको भाउ आज बुधबार १० हजार १०० रुपैयाँले घटेर ३ लाखबाट तल झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७५.३ अमेरिकी डलर र चाँदी ६३.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।