हुन्डाईको ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजनामा छुटै छुट अफर

0
Shares

हुन्डाईकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत हरेक खरिदमा आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजार देखि ७८ हजार रुपैयाँ सम्मको अतिरिक्त छुट प्रदान गर्ने भएको छ । यस्तै १५ हजार बराबरको लोयल्टी बोनस, एक लाख सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।