काठमाडौँ । नेपाली बजारमा लगातार दुईदिन घटेको सुनचाँदीको मूल्यमा आज (शुक्रबार) वृद्धि भएको छ । आज एकैदिन सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९१.८२ अमेरिकी डलर र चाँदी ६६.९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया