रूस–युक्रेन आक्रमण जारी


रूसी र युक्रेनी सीमा क्षेत्रहरूमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताइएका छन् ।

किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राम मार्फत जनाइएको छ ।

युक्रेनको सीमा वर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणकोमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत एक जना महिलाको मृत्यु भएको युक्रेनी रेलवेका प्रमुख ओलेक्सान्डर पेर्टसोव्स्कीले बताएका छन् । उनले अर्को एक जना स्टेशन परिचारिका, आक्रमणमा घाइते भएको बताएका छन् ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जना घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।