यस साता नेप्से सूचक ३.२५ प्रतिशत अर्थात ८२.९२ अंकले बढेर बन्द भएको छ ।
आइतबार फागु पूर्णिको विदाका कारण सोमबार २ हजार ५४८ दशमलव ९६ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ६३१ दशमलव ८९ बिन्दुमा झरेर बन्द भएको छ । जुन सूचकको आधारमा तेस्रो ठूलो बिन्दु हो ।
यसअघि यसअघि गत फागुन ६ गते नेप्से २६३६ बिन्दुमा र ९ गते सबैभन्दा उच्चबिन्दु २६४० बिन्दुमा रेकर्ड कायम भएको थियो ।
साताभरीमा नेप्से सूचकमा १०७.६७ अंकको उतार चढाव देखा पर्यो । २ हजार ६४५ दशमलव ४९ उच्चतम बिन्दुमा पुगेको नेप्से यसै साता २ हजार ५३७ दशमलव ८२ बिन्दुसम्म झर्न पुग्यो ।
यो साता २१८ कम्पनीको ४ करोड ७० लाख ११ हजार कित्ता शेयर २४ अर्ब १ करोड ३८ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ । गत साता २९ अर्ब ५८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम १८.८४ प्रतिशतले घटेको हो । यो साता दैनिक औषतमा ६ अर्ब ३४ लाख रुपैयाँको शेयर कारोबार भयो । गत सात ५ अर्ब ९१ करोड ७६ लाख रहेको थियो । सातामा ४ दिनमात्र शेयर कारोबार हुँदा कारोबार रकम घटेको हो ।
- होटल तथा टुरिजम् बाहेक सबै समूहका परिसूचक बढे, जलविद्युतमा उछाल
यस साता १२ समूहको परिसूचक बढेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा टुरिजम् मात्र १.११ प्रतिशतले घटेको छ । जलविद्युत कम्पनीको सूचक सबैभन्दा धेरै ७.७६ प्रतिशतले बढेको छ भने उत्पादन सबैभन्दा कम ०.४४ प्रतिशतले मात्र उकालो लागेको छ ।
यस साता निर्जीवन बीमा ५.८० प्रतिशत, लघुवित्त ४.८५ प्रतिशत, अन्य ४.१२ प्रतिशत, विकास बैंक ४.०४ प्रतिशत, वित्त ३.४२ प्रतिशत, बैंकिङ्ग परिसूचक २.७२ प्रतिशत, जीवन बीमा १.५७ प्रतिशत, म्युचुअल फण्ड १.५२ प्रतिशत, लगानी ०.९७ प्रतिशत, ब्यापार ०.५९ प्रतिशतले बढेको छ ।
- सातामा शीर्ष शेयरमूल्य बढ्ने कम्पनीमा अजोड, अन्य कुन ?
हकप्रद जारी गर्ने एजेण्डा सार्वजनिक भएसँगै यस साता अजोड इन्स्योरेन्सको सबैभन्दा धेरै शेयरमूल्य बढेको छ । कम्पनीको शेयर ७०६ रुपैयाँबाट ४६.०३ प्रतिशत अर्थात ३२५ रुपैयाँले बढेर १ हजार ३१ रुपैयाँ पुगेको छ ।
यसैगरी वोमी लघुवित्तको कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्तालेपनि ४०.९० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको मूल्य ३९८ रुपैयाँले बढेर १३७१ रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा महिला लघुवित्तको शेयरमूल्य ३१.६० प्रतिशत, समीट माइक्रोफाइनान्सको २२.६३, साञ्जेन जलविद्युत २१.०७, सबैको लघुवित्त १७.७८, सानिमा जनरल इन्स्योरेन्सको १७.१४, रसुवागढी हाइड्रोपावर १६.६३ प्रतिशत, एनआईसी एशिया लघुवित्त र अपर तामाकोशीको शेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
यस साता यी दश कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले भने मनग्य नाफा आर्जन गरे ।
- यी कम्पनीको लगानीकर्ताले गुमाए
यस साता सूर्योदय लघुवित्त कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ९.०३ प्रतिशत अर्थात १९५ रुपैयाँका दरले गुमाएका छन् । सोमबार २ हजार १६० मा कारोबार खुलेको कम्पनीको शेयर १ हजार ९६५ रुपैयाँमा कारोबार बन्द भएको हो ।
यसैगरी माउन्टेन हाइड्रोपावरको शेयरमूल्य ८.७७ प्रतिशत, मिथिला लघुवित्तको ७.२८, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको ५.६२, कालिका पावर ५.२६, एनआरएन इन्पm्रास्टक्चर ५.२१, उन्नति सहकार्य लघुवित्त ५.२८, बोर्टलर्स नेपाल तराइ ४.२१ प्रतिशत, आरम्भ चौतारी लघुवित्त ३.५२ र नेपाल इन्स्योरेन्सको शेयरमूल्य ३.४२ प्रतिशतले घटेको छ ।
यसै साता सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनस, उन्नति सहकार्य लघुवित्तको १७.८१, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत, मिथिला लघुवित्तको २०, आरम्भ चौतारीको ८.८५ प्रतिशत बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको थियो ।
- अपर तामाकोशीको सर्वाधिक कारोबार
यस साता अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । विद्युत उत्पादन मिति नजिकिँदै जाँदा कम्पनी कारोबार रकमका आधारमा अग्र स्थानमा पुगेको हो । कम्पनीको यस साता १ अर्ब २९ करोड ९४ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।
नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, र एचआइडिसीएलको पनि १ अर्ब बढीको शेयर कारोबार भयो । चन्द्रागिरी हिल्सको ६७ करोड २५ लाख, निर्धन उत्जान लघुवित्तको ६१ करोड ५६ लाख, नबिल बैंकको ५६ करोड ३६ लाख, नेपाल बंगलादेश बैंक ४८ करोड २८ लाख, एनएलजी इन्स्योरेन्स ४७ करोड ९३ लाख, नेपाल रि इन्स्योरेन्सको ४५ करोड ६७ लाख, र एनआईसी एशिया बैंकको ४१ करोड ११ लाखको शेयर खरीद बिक्री भएको छ ।
कारोबार भएको शेयर संख्याको आधारमा चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै २५ हजार ४७१ वटा कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एचआइडिसीएल, र अपर ताकोशीको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा ११ हजार वटा बढी कारोबारमा आएको हो ।
कारोबार भएको शेयर संख्याको आधारमा चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै २५ हजार ४७१ वटा कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एचआइडिसीएल, र अपर ताकोशीको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा ११ हजार वटा बढी संख्यामा कारोबारमा आएको हो ।
कारोबार कित्ताको आधारमा एचआइडिसीएलको सबैभन्दा धेरै २३ लाख २९ हजार हजार ८९७ कित्ता कारोबार भयो भने नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र सानिमा इक्वीटी फण्डको इकाईको २१ लाख बढी कित्ता कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया