सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २१०.९ अमेरिकी डलर र चाँदी ६७.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।