भोलीदेखि सम्पूर्ण उद्योग बन्द गर्ने चिया उद्योगीको घोषणा


काठमाडौँ । इलामका चिया उद्योगीहरूले भोलीदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि उनीहरुले उद्योग बन्द गर्ने भएका हुन् ।

भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।

जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।