काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज १ सय किलो गाँजा पक्राउ गरेको छ । संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका ३ मुरैयाचोकस्थित खेतमा ५ वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा १ सय किलो गाँजा बरामद गेरको हो ।
उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।










प्रतिक्रिया