काठमाडौँ । नेपालको उड्डयन क्षेत्रलाई एकताबद्ध, सुरक्षित, दिगो, नवप्रवर्तनमुखी तथा भविष्यका आवश्यकता र चुनौती सामानाका लागि सम्झौता भएको छ । वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) र एरोनोटिकल सोसाइटी अफ नेपाल (एईएसएन) बीच महत्त्वपूर्ण समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर भएको हो ।
दुवै संस्थाले आफ्नो अनुभव, ज्ञान तथा विशेषज्ञतालाई एकीकृत गर्दै नेपालको उड्डयन क्षेत्रको समग्र विकास, एकता तथा सुदृढीकरणका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विश्वव्यापी रूपमा उड्डयन उद्योग डिजिटल रूपान्तरण, स्वचालन, दिगोपन, तथ्यांकमा आधारित निर्णय प्रणाली, वातावरणीय उत्तरदायित्व तथा नवीन प्रविधिको प्रयोगतर्फ तीव्र गतिमा अघि बढिरहेका बेला नेपालले पनि आफ्नो उड्डयन क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको दुवै संस्थाको निष्कर्ष छ ।
यस सन्दर्भमा एओएएनले सम्पूर्ण उड्डयन समुदायबीच सहकार्य, एकरूपता तथा साझा दृष्टिकोण निर्माण गर्दै उद्योगलाई भविष्यका अवसर र चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ ।
समझदारीपत्रमार्फत वायुसेवा कम्पनी, विमानस्थल तथा सेवा प्रदायक संस्था, इन्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद्, विद्यार्थी तथा भावी उड्डयन व्यवसायीलाई एउटै साझा मञ्चमा जोड्नेछ । ज्ञान, अनुभव, नवप्रवर्तन र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन गरिनेछ । यसले नेपालको उड्डयन क्षेत्रमा व्यापक एकता, सहकार्य तथा दीर्घकालीन विकासको आधार निर्माण गर्ने विश्वास गरिएको छ ।–१० उपयुक्त समाचार शीर्षक












प्रतिक्रिया