कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) आइतबार शेयर मूल्य समायोजन भएको छ ।
लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरको बुकक्लोजसँगैै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले १० प्रतिशत बोनस समायोजनपछि लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ निर्धारण गरेको छ । गत बिहीबारका कारोबार भएको अन्तिम मूल्य १ हजार ४२० रुपैयाँका आधारमा बोनस समायोजन भएको हो ।
यससँगै आइतबार कम्पनीको समायोजित शेयरमूल्यलाई अधार मानेर कारोबार खुल्नेछ । कम्पनीले वैशाख ७ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म बुकक्लोज गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया