प्रि-ओपनिङमा ५७ कम्पनीको शेयरमूल्य बढ्यो, नेप्से ऐतिहासिक उचाइमा

0
Shares

शेयर बजारमा साताको पहिलो कारोबार दिन प्रि ओपनिङ सेसनमा हरियाली छाएको छ । आज प्रि(ओपनिङ कारोबारमा नै नेप्से २६.४१ अंकले बढेर २६५८.३१ बिन्दुमा पुगेको हो ।

आइतबार कायम भएको यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो । यसअघि २६४० को उच्च बिन्दुको रेकर्ड कायम भएको थियो । आइतबार प्रि-ओपनिङ सेसनमा उक्त रेकर्ड तोडिएको हो ।

आज कारोबारमा आएका ७३ कम्पनीमध्ये ५७ कम्पनीको शेयरमूल्य बढेको छ । ४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

कुल ७३ कम्पनीका १२ हजार ४६९ कित्ता शेयर कारोबारमा आएको बजारमा १ करोड १० लाख १४ हजार ६३१ रुपैयाँको कारोबार भएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।