नेप्सेको अध्यक्षमा अमृत लम्साल


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् ।

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेप्सेले नयाँ अध्यक्ष पाएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन् ।

यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो। लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा छन् ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  ०८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।