सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२६.७९ अमेरिकी डलर र चाँदी ७०.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।