इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन


काठमाडौँ । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म (डीजीओ) सँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकहरूलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको हो ।

क्याम्पेन १६ जुनदेखि १८ जुलाईसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनको अनुभव जोड्दै नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने उद्देश्य क्याम्पेनको रहेको छ । यस साझेदारीअन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताहरूले डीजीओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै निःशुल्क स्ट्रिमिङ भाउचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन् ।

विशेषगरी अन्तर्राष्ट्रिय स्तरका प्रमुख प्रतियोगिताहरूले देशभरका दर्शकको उल्लेखनीय ध्यान आकर्षित गर्ने गरेका छन् । विश्वकप २०२६ का धेरै खेलहरू उत्तर अमेरिकी समयअनुसार सञ्चालन हुने भएकाले नेपालमा ती खेलहरू मध्यरात तथा बिहानको समयमा प्रसारण हुनेछ । यस कारण प्रत्यक्ष खेलहरू हेर्न चाहने समर्थकहरूका लागि डिजिटल तथा मोबाइल स्ट्रिमिङ प्लेटफर्महरू लोकप्रिय विकल्प बन्ने अनुमान गरिएको छ ।

राइड–हेलिङ सेवा र खेलकुद स्ट्रिमिङ अनुभवलाई एकैसाथ जोड्दै इनड्राइभ र डीजीओले विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगितामध्ये एकको अवसरमा आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने लक्ष्य राखेका छन् ।

क्याम्पेन अन्तर्गत कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरी, एक साताभित्र तीनवटा इनड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वतः र्याफल ड्रमा सहभागी हुनेछन्, जहाँ उनीहरूले निःशुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन् ।

क्याम्पेन अवधिभर कुल २ हजार ५०० वटा डीजीओ फुटबल सिजन पास भाउचर वितरण गरिने कम्पनीले जानकारी दिएको छ । पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटा भौचर उपलब्ध गराइनेछ, जसले हजारौं फुटबल समर्थकलाई डीजीओमार्फत प्रत्यक्ष विश्वकप फुटबल प्रसारण हेर्ने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  १८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।