सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा १०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थयो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३१६.९२ अमेरिकी डलर र चाँदी ६९.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।