काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार पनि नेप्से घटेर २७ सय विन्दुमा झरेको छ । आज नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा कायम भएको हो ।
बिहीबार कारोबारमा आएका ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयरहरू ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्से ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ७७ कम्पनीको सेयर बढ्दा १८१ कम्पनीको सेयर घटेको छ भने १४ कम्पनीको सेयर स्थिर रहेको छ ।
बिहीबार एपोलो हाइइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १२.५३ प्रतिशतले बढेको छ । बुङ्गल हाइड्रोपावरको सेयर मूल्य ८.५६ प्रतिशतले बढेको छ भने भुजुङ हाइड्रोपावरको सेयर मूल्य ६.३० प्रतिशतले बढेको छ ।
यता, प्रभु बैंक डेभेन्चरको एकाई मूल्य ५.५४ प्रतिशतले घट्दा ग्लोबल आइएमई ब्यालेन्स फण्ड ४.५९ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.०१ प्रतिशत, डोल्टी पावर कम्पनीको ३.२० प्रतिशतले र सीईडीबि होल्डिङ्सको सेयर मूल्य ३.०७ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा यूनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।
सीईडीबि होल्डिङ्सको १४ करोड ८ लाख ५२ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा बुङ्गल हाइड्रोपावरको १२ करोड ५४ लाख ८० हजार रुपैयाँको कारोबार हुँदा सिद्धार्थ बैंकको १२ करोड २४ लाख १८ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।










प्रतिक्रिया