अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने


अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले आगामी १२ महिनामा नेटोको प्राथमिकता युक्रेन आवश्यकता सूची (पीयूआरएल) का लागि अस्ट्रेलियाले २ करोड ५० लाख अमेरिकी डलर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अष्ट्रेलियाले सन् २०२५ डिसेम्बरमा गरेको प्रारम्भिक ५० लाखको सहयोगको निरन्तरता भएको जनाइएको छ भने यो सँगै युक्रेनको लागि अष्ट्रेलियाको कुल सहयोग १ अर्व ८० करोड अमेरिकी डलर पुगेको मार्लेसले बताए।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  १३ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।