जुम्लामा ३ हजार ६७१ मेट्रिकटन सिमी उत्पादन


जुम्ला । जुम्लामा १ वर्षमा १ हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट १ करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको बताए।

जिल्लाभार २ हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । पछिल्लो समयमा सिमीको माग बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका किसान सिमीखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको भनाइ छ । 

सिमी किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन् । सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरुपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका–१ किसान करन बुढाले बताए। 

प्रकाशित मिति: ७ असार २०८३, आइतबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।