
महुली लघुवित्त (MSLB) ले चैत्र २५ गते बुधबार ((भोलि) आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ ।
सभाले चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजारको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १।०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
यस्तै फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकलेसभामा प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेर बार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तले शेयर बजारमा सूचीकृत नरहेको नव किरण लघुवित्तलाई गाभेपछि शेयर स्वाप मिलाउनका लागि एपपीओ गर्ने भएको हो । नवकिरण लघुवित्त र महुली लघुवित्त १००ः९५ शेयरको अनुपातमा एक आपसमा गाभिएका थिए । महुलीले नवकिरणलाई गाभेर मंसीर ८ गते सोमबारदेखि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेको थियो ।
त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली आवश्य संशोधन गर्ने, गाभ्ने वा गाभिने सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने साथै संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन समेत गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया