डेभलपमेन्ट बैंकर्स एशोसिएसनको एजिएमले नयाँ कार्यसमिति चुन्दै

0
Shares

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आज सम्पन्न हुने साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।  कसरा रिसोर्ट भरतपुरमा दिउँसो १ बजे आह्वान गरिएको १५ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएको हो ।

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका गोविन्द प्रसाद ढकालले छलफलमै रहेकाले नयाँ कार्यसमितिको टुङ्गो लाग्ने अझै बाँकी रहेको बताए ।

एशोसियसनको १५ औं वार्षिक साधारण सभाले आ.व. २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७६÷०७७ को अनुमानित आय ब्याय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

एशोसिएसनको २०७६ बैशाख २७ गते सम्पन्न १३ औं साधारण सभाबाट गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका गोविन्द प्रसाद ढकाल अध्यक्ष चयन भएका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।