दुईदिन पछि फेरी घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार र सोमबार लगातार बढेको सुनको भाउ मंगलबार घटेको हो ।

आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा १४० रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३३.०२ अमेरिकी डलर र चाँदी ६२.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।