सुर्खेतबाट पक्राउ परेका विष्णु पौडेललाई काठमाडौँ ल्याइयो


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवमु पूर्व अर्थमन्त्री विष्णु पौडेललाई आज बिहान काठमाडौँ ल्याइएको छ ।

सोमबार बेलुका सुर्खेतबाट प्रहरीले पक्राउ परेका उनलाई राति नै काठमाडौंतर्फ हिँडाइएको थियो । पौडेललाई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा राखिएको छ।

आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ । थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति अदालतमा पेस गर्न लागिएको हो ।

राति पौडेललाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी गरिएको थियो । तर, प्रहरीले सुरक्षाका कारण देखाउँदै राति नै गाडीमा उनलाई काठमाडौं ल्याएको हो ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।