पछिल्लो समयमा लामखुट्टेबाट हुने डेङ्गु ज्वरोको फैलावटमा वृछिद्ध भए पछि यसलाई नियन्त्रण गर्नका लागि सेना तैनाथ गरिरहेको श्रीलङ्काकाका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् । अधिकारीहरुका अनुसार अस्पतालहरूमा दैनिक एक हजार भन्दा बढी विरामीहरु डेङ्गु सङ्क्रमणका कारण अस्पताल भर्ना हुन आउने गरेका छन् ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयले श्रीलङ्काका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रुपमा सहभागी हुने बताएको छ ।
डेङ्ले उच्च ज्वरो आउने टाउको दुख्ने, बान्ता हुने मांसपेशी दुख्ने र विरामी गम्भीर अवस्थामा पुगे पछि रक्तस्राव निम्त्याइ मृत्युको कारण बन्न सक्ने जनाइएको छ ।
यस वर्षमा लगभग डेङ्गुका ५० हजार वटा केसहरू रिपोर्ट गरिएकोमा २९ जनाको मृत्यु भएको छ । यस अघि सन् २०१७ एक लाख ८६ हजार जना व्यक्तमाा डेङ्गु सङ्क्रमण पुष्टि गरिएकोमा ४४० जनाको मृत्यु भएको थियो ।
डेङ्गू फैलाउने एडिस लामखुट्टे–यसको कालो र सेतो धारीदार खुट्टाहरूद्वारा पहिचान गर्न सकिने र यसले स्थिर पोखरीहरूमा प्रजनन गर्ने जनाइएको छ । “विशेष सैन्य एकाई स्थापना गरी आफ्नो परिसरमा लामखुट्टे प्रजनन गर्न सक्ने अवस्था सिर्जना गर्नेहरु विरुद्ध पनि कानुन कडाइका साथ लागु गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रजनन स्थलहरू सफा गरी डेङ्गु सङ्क्रमण नियन्त्रण गर्ने राष्ट्रव्यापी अभियान बुधवार देखि सुरु गरिने जनाइएको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जलवायु परिवर्तनका कारण डेङ्गु तथा अन्य लामखुट्टे जन्य भाइरसहरू तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ ।
श्रीलङ्कामा जुन महिनाको सुरु देखि डेङ्गुको सङ्क्रमण वृद्धि भएको देखिएको जनाइएको छ भने यस हप्तामा एकै दिनमा एक हजार भन्दा बढी सङ्क्रमणहरु वृद्धि भएको रिपोर्ट गरिएको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
सरकारबाट परिचालित डेङ्गु नियन्त्रण युनिटले राज्य र निजी अस्पतालहरूले थप वृद्धि नियन्त्रण गर्न नसक्ने अवस्था रहेको बताएको छ ।
कोलम्बोमा पत्रकारहरूसँगको साक्षातकारमा बोल्दै डेङ्गु नियन्त्रण युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पतालहरू यस अघि देखि नै दबाब रहेको बताएका छन् ।
मनसुनी वर्षा पछि आएको बाढीका कारण जमेको पानी र अव्यवस्थित रूपमा फ्याँकिएको फोहोरले लामखुट्टेको द्रुत फैलावटका लागि उपयुक्त अवस्था सिर्जना गरेको जनाइएको छ ।










प्रतिक्रिया