
रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा १६ लाख ६९ हजार १९ वटा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार मंगलबारसम्म साँझसम्ममा सर्वसाधारणबाट माग भएको तुलनामा ६१.६९ गुणा बढी कित्ता माग भएको हो ।
कम्पनीले चैत २० देखि २४ गतेसम्म सर्वसाधारणबाट ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन माग गरेकोमा २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
कम्पनीले चैत २० गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।
कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
- ४४ जनामध्ये १ जनाले मात्र शेयर पाउने
कम्पनीले सर्वसाधारणमा ३ लाख ७९ हजार १६७ कित्ता शेयर जारी गरेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाउनेछन् । जुन कुल आवेदक १६ लाख ६९ हजार १९ को २.२७ प्रतिशत (४४ जनामध्ये १ जना) मात्र हो । न्यून कित्तामा शेयर जारी भएका कारण यस निष्काशनमा ९७.७३ प्रतिशत आवेदकको हात खाली हुने भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । बाँकी रहेको ७ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई पुनस् थप १ कित्ताका दरले बाँडफाँड हुनेछ । यसअनुसार ३७ हजार ९०९ जनाले १० कित्ताका दरले ३ लाख ७९ हजार ९० कित्ता र ७ जनालाई ११ कित्ताका दरले ७७ कित्ता शेयर बाँडफाँड हुनेछ । यी बाहेक अन्य आवेदकको हात खाली हुनेछ ।
- इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग
आईपीओ निष्काशनका लागि रुरु जलविद्युत परियोजनाले गराएको साख विश्लेषणमा क्रेडिट रेटिङ्ग कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग’ प्रदान गरेको छ ।
यो रेटिङ्ग प्राप्त संस्थाले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
- कम्पनीको बारेमा
काठमाडौं महानगरपालिका १, हात्तिसारमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले गुल्मीको चन्द्रकोट गाँउपालिका र गुल्मी दरबार गाँउपालिकामा ५ मेगावाट क्षमताको माथिल्लो हुग्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
आयोजनाले २०७० चैत ९ गते देखि नै विद्युत उत्पादन गर्दै आईहरको छ ।
परियोजनाले आगामी तीन वर्षभित्र कम्पनीको सञ्चित नाफा दोब्बर बनाउने प्रक्षेपण गरेको छ ।
आईपीओ निष्काशनका लागि सार्वजनिक भएको विवरणपत्र अनुसार आव २०७६।७७ मा ६ करोड १४ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गरेको कम्पनीले आव २०७९/८० सम्ममा सञ्चित नाफा ११ करोड ६० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो ।
गत आवमा ११८.८४ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको कम्पनीको तीन वर्षपछि १३०।४७ पुग्ने जनाएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी भने साधारण शेयर जारीपश्चात घट्ने उल्लेख गरेको छ । कम्पनीको गत आवमा वार्षिक इपिएस १७।९० कायम गरेकोमा आव २०७९/८० मा १४।०१ म रहने आंकलन गरेको छ ।यसबीचका दुई आवहरुमा क्रमश १२०.९० र १२६.४७ रुपैयाँ प्रतिशेयर नेटवर्थ र १४.३६ र १५.५७ रुपैयाँ वार्षिक प्रतिशेयर आम्दानी रहने आंकलन कम्पनीको छ ।
रुरु जलविद्युतले तीन वर्षमा सञ्चित नाफा दोब्बर बनाउने

कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख रुपैयाँ र २०७८/७९ मा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित नाफा कमाउने लक्ष्य रहेको छ । तीन वर्षअघि आव २०७४/७५ मा कम्पनीको सञ्चित नाफा ३ करोड २६ लाख, प्रतिशेयर नेटवर्थ ११०.०१ र वार्षिक प्रतिशेयर आम्दानी १०.४६ रुपैयाँ रहेको थियो । आईपीओ जारी गर्नुभन्दा तीन वर्षअघि नै वार्षिक दश रुपैयाँ आम्दानी भएकपनि प्रकाशित विवरणपत्र अनुसार आगामी तीन वर्षभित्र कम्पनीले पूँजी वृद्धिको योजना अघि सारेको छैन ।
कम्पनीको लगानीमा प्रतिफल आव २०७४।७५ रहेकोमा गत आवमा १५.०५ मा बढेकोमा आव २०७९/८० मा पुग्दा भने घटेर १०.७४ प्रतिशत कायम हुने उल्लेख छ ।
हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर जारीपछि ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ । कम्पनी शेयर स्वामित्व संस्थापक ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया