
रिलायन्स फाइनान्स (RLFL) ले अगामी वैशाख २२ गते साधारण सभा आह्वान गरेको छ । फाइनान्स कम्पनी सञ्चालक समितिको बैठकले लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ ।
सभाबाट फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मजर्र तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तव रहेको छ ।
साधारण सभा प्रयोजनाको लागि फाइनान्सले वैशाख १० गते एक दिनका लागि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार वैशाख ९ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम हुन आउने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया