एकैदिन तोलामा ४५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज एकैदिन सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८८.२६ अमेरिकी डलर र चाँदी ५७.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।