सार्वजनिक विदामा राजस्व कारोबार गर्ने बैंकको काउन्टर खुला हुने


नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र नेपाल क्लियरीङ कम्पनीलाइ सार्वजनिक विदामा पनि राजश्व संकलन गर्ने सम्पूर्ण बैंकको काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले हरेक त्रैमास समाप्तिको अन्तिम महिनाको २५ गते देखि मसान्तसम्ममा जुनसुकै सार्वजनिक विदामा समेत नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा काउन्टर एंवम क्लियरिङ सम्बन्धि कार्य गर्ने सबै काउन्टर लगायत नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बिहीबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिममा राजस्व संकलनका लागि करदातालाई सहज होस भनेर चैत २५ गते देखि ३१ गतेसम्म बैंकिङ काउन्टरहरु खुला राख्न निर्देशन दिएको हो । तर, राजश्व संकलन सम्बन्धि काउन्टहरु बाहेका अन्य शाखाहरु भने बन्द नै हुनेछन्। 

राष्ट्र बैंक हरेक आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्त, दोश्रो त्रैमास अर्थात पुस मसान्त, तेश्रो त्रैमास अर्थात चैत मसान्त र चौंथो त्रैमास अर्थात असार महिनाको अन्तिम हप्ता २५ गते वा सो भन्दापछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजनिक विदामा पनि बैंक खुला राख्न निर्देशन दिने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।