सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीबाट घटाउन महासंघको आग्रह


काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा पनि स्वचालित तथा वैज्ञानिक प्रणालीका आधारमा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद ९सरोज० सिटौलाले बुधबार समाजिक सञ्जालमार्फत इन्धनको मूल्य घटेको आधारमा बैज्ञानिक प्रणालीअनुसार सार्वजनिक सवारी साधन र मालवाहक सवारी साधनको भाडासमेत घटाउन माग गरेका हुन् ।

नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलमा प्रति लिटर २०, डिजेल र मट्टितेलमा ३०, आन्तरिक हवाई इन्धनतर्फ ४०, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर २६५ अमेरिकी डलर र खाना पकाउने ग्यासतर्फ प्रति सिलिन्डर १०० रुपैयाँ घटाएको छ । जसअनुसार अब पेट्रोलतर्फ १९७, डिजेल र मट्टितेलतर्फ १९५ र खाना पकाउने ग्यासतर्फ ७।१ किलो तौल भएको प्रतिसिलिण्डरलाई १ हजार ३० रुपैयाँ कायम भएको छ ।

उनले इन्धनको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय हुने तर इन्धनको मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको समेत बताएका छन् ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।