भेनेजुएलामा भूकम्प अपडेट : एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते


भेनेजुयला । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन् ।

प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिलेसम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन्। उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घको तथ्यांक अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।