एकैदिन ६२ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा १८० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६३.४५ अमेरिकी डलर र चाँदी ६०.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।