भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी


संयुक्त राष्ट्रसङ्घीय सहायता एजेनसीहरुले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्प पछि दशौँ हजार मानिसहरु पर्याप्त आश्रय स्थल विहीन भएको पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) विज्ञप्ति जारी गर्दै दिन प्रतिदिन मृतकको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । अधिकारीहरूका अनुसार लगभग दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अहिले सम्म छ हजार ४०० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ ।

युएनएचसीआरले बताए अनुसार संयुक्त राष्ट्र सङ्घीय एजेन्सीहरूले सङ्कटमा आफ्नो प्रतिक्रिया तथा सेवा जारी राखेका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि एक लाख मानिसहरूका लागि पर्याप्त आपूर्ति गरेको छ भने युएनएचसीआरले विस्थापित मानिसहरूलाई आश्रय प्रदान गरेको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले दर्जनौं अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीहरू सँग समन्वय गरिरहेको छ जसले प्रभावित क्षेत्रमा आफ्नो कार्य जारी राखेको छ । संयुक्त राष्ट्रसंघीय विपद् मूल्याङ्कन तथा समन्वय टोली (युएनडिएसी) ले सबै भन्दा बढी प्रभावित समुदायहरूमा तत्कालिन आवश्यकताको आकलन गर्ने काम जारी राखेको छ ।

संयुक्त राष्ट्र सङ्घले भूकम्पले अस्पतालहरूका साथै ४०० भन्दा बढी विद्यालयहरू र पानी सञ्जालका संरचना सहित एक हजार भवनहरू क्षति ग्रस्त वा नष्ट गरेको जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार  १६ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।