राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच सम्झौता

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि बैंकको सेवा तथा प्रडक्टको बारेमा जानकारी दिने विज्ञापन ( टेलिभिजन कमर्सियल-टिभिसी_ प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन् । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको विश्वास र इमेज बढेर जाने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।