गुराँस लाइफले हकप्रद बिक्री गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

कम्पनीले एक बराबर एकको अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

सम्झौतामा गुराँस लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

चुक्ता पुँजी बृद्धिको योजनामा रहेको गुराँसले नवौं साधारण सभाबाट हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । गुराँसले चुक्तापुँजी २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी संशोधन गरि सकेको छ ।