ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली


काठमाडौँ । बितेका २४ घण्टामा २ हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।