नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा, श्रवण तथा वाणी सेवामा निरन्तर योगदान


काठमाडौँ । नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकले नेपालमा श्रवण (हियरिङ) तथा वाणी (स्पिच) सेवामा १५ वर्ष पूरा गरेको छ। क्लिनिकले विगत डेढ दशकदेखि हियरिङ परीक्षण, हियरिङ एड फिटिङ, कक्लियर इम्प्लान्ट सेवा, स्पिच–ल्याङ्ग्वेज थेरापी, काउन्सिलिङ तथा फलोअप सेवामार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

काठमाडौंको थापाथलीस्थित मुख्य कार्यालयसँगै विराटनगर, पोखरा र नेपालगञ्जमा शाखा सञ्चालन गरिरहेको क्लिनिकले भक्तपुर, पुल्चोक र ग्वार्कोस्थित विभिन्न स्वास्थ्य संस्थामार्फत पनि अडियोलोजी सेवा विस्तार गरेको छ।

क्लिनिकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको साउण्डप्रुफ अडियोलोजी कक्षले श्रवण परीक्षणलाई थप सटीक र विश्वसनीय बनाएको छ। हालसम्म क्लिनिकले ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी हियरिङ एड फिटिङ तथा ४० हजारभन्दा बढी हियरिङ परीक्षण सम्पन्न गरिसकेको जनाएको छ।

नेपाल हियरिङ एण्ड स्पिच क्लिनिक फोनाक, सिग्निया र स्टार्की ब्रान्डका हियरिङ एडको नेपालका लागि आधिकारिक वितरकसमेत रहेको छ। क्लिनिकले हियरिङ एड छनोट, फिटिङ, प्रोग्रामिङ, काउन्सिलिङ, वारेन्टी, नियमित फलोअप, प्राविधिक सहयोग तथा आजीवन सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

संस्थापक तथा अध्यक्ष पुरुषोत्तम भुर्तेलको नेतृत्वमा सञ्चालित क्लिनिकमा हाल ३५ भन्दा बढी अडियोलोजिस्ट, स्पिच–ल्याङ्ग्वेज प्याथोलोजिस्ट तथा व्यवस्थापन टोली कार्यरत छन्। क्लिनिकले आगामी दिनमा पनि आधुनिक प्रविधि र सेवाग्राही–केन्द्रित उपचारमार्फत श्रवण तथा वाणी सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।