यात्रा गर्नुअघि हेनुस् कुन राजमार्गको अवस्था कस्तो छ ?


काठमाडौंँ। २०८३ असोज २९ गते बिहान ६:३० बजेसम्म देशका विभिन्न प्रदेशका राजमार्गहरू प्रभावित भएका छन् ।

सडक विभागका अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

अहिले सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पनि सडक भासिएपछि अवरुद्ध भएको सडक भने खुलिसकेको छ ।

कोशी प्रदेश

भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्णरूपमा अवरुद्ध छ । तिल्केनी सिमलगोलाई सडकको जोगमाई र इलाम बेलासी सडक खण्डको पुवाखोला डाइभर्सनमा बाढीले बगाएपछि यातायात अवरुद्ध भएको हो ।

बागमती प्रदेश

बाढी र पहिरोका कारण बागमती प्रदेशका तीन प्रमुख सडक प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएका छन् । प्रहरीले सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको विवरण फेसबुकमार्फत् सार्वजनिक गरेको छ । तर स्थानीय जनप्रतिनिधिहरुले भने सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको जनाएका छन् ।

गण्डकी प्रदेश

कास्कीको पोखरा–ताउतिङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेश

रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडक खण्डमा यातायात अवरुद्ध भएको छ । पाल्पाको सिद्धार्थ राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  ०९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।