काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा नेपाल-चीन जोड्ने तातोपानी नाका पुनः ठप्प भएको छ ।
आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको छ ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया