प्रदर्शनरत कुन चलचित्रको कमाई कति ?


काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको हिजो आइतबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

बक्स अफिसले चलचित्र रोल नं. १ र जाँडको कारोबार विवरण सार्वजनिक गरेको हो ।

असार २८ गते मध्यरातसम्मको विवरण हेर्दा जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ७० हजार ६७४ वटा टिकट बिक्री गर्दै १ करोड ७७ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । विनोद पौडेलको निर्माण रहेको उक्त चलचित्र जोन योञ्जनले निर्देशन गरेका हुन् ।

त्यसैगरी, चलचित्र जाँडले हालसम्म ६२१ वटा टिकटबाट १ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । असार १२ गतेदेखि प्रदर्शनमा आएको उक्त चलचित्र राजु शाहको निर्देशनमा तयार भएको हो ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।