लगातार दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेपछि सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०२२.७२ अमेरिकी डलर र चाँदी ५७.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।