काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म विदेश अध्ययन तथा भ्रमणमा जाने नेपालीसँगै एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले याे तथ्यांक उल्लेख गरिएको हो।
राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा यही शीर्षकअन्तर्गत दुई खर्ब तीन अर्ब १८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको थियो। यसले समग्र रूपमा विदेशिने रकममा सामान्य कमी आएको देखाए पनि अध्ययनका लागि हुने खर्च भने निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँगै मात्रै एक खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। यस आधारमा अध्ययनका लागि विदेशिने रकममा उल्लेखनीय वृद्धि भएको देखिन्छ। विदेश अध्ययनका लागि हुने खर्च भने अघिल्लो वर्षको तुलनामा बढेको संकेत गरेको छ।










प्रतिक्रिया