काठमाडौँका घरधनीले लिने भाडाका विषयमा संसदमा उठ्यो प्रश्न !


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले काठमाडाँैका घरधनीले बहालवालासँग लिने भाडा बारेमा संसदमा प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले घरभाडाको वैज्ञानिक मापदण्ड बनाइनुपर्ने बताएका हुन् । उनले एउटा सानो कोठाको भाडा १० हजार रुपैयाँ लिने गरिएको उल्लेख गरे ।

घरधनीको इच्छाले भाडा तोक्दा विद्यार्थीसहित त्यहाँ बस्नेलाई समस्या भएको उनले बताए । सरकारले घरबाहल कर उठाउने तर त्यहाँ बस्नेको बेवास्ता गरेको उनको भनाइ छ ।

“के तीन तहको सरकार तीनतले घर हुनेको मात्रै हो, सभामुख महोदय रु,” उनले भने, “समानमा प्राइज ट्याग टाँसेजस्तो घरको भित्तामा टाँस्नुपर्छ त भन्दिनँ, तर बसभाडा तोकिएजस्तै घरभाडा, कोठाभाडाको वैज्ञानिक मापदण्ड बनाउनैपर्छ ।”

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।