
नेपाल धितोपत्र बोर्डले एक कम्पनीलाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले बैशाख २ गते बिहीबार मात्रै कम्पनीलाई आइपीओ) जारी गर्न अनुमति दिएको हो ।
बोर्डले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता शेयर जारी गर्न सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई अनुमति दिएको हो ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर जारी गर्न लागेको हो भने ७० प्रतिशत संस्थापक हिस्सा रहेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया