काठमाडौँ । छिमेकी मुलुक भारतले हाइड्रोजन इन्धनबाट सञ्चालित यात्रुवाहक रेल सञ्चालनमा ल्याएको छ ।
नेपालमा २००७ सालदेखि हाइड्रोजन ग्यास चर्चा चलिरहेको भएतापनि बिना हल्ला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले हाइड्रोजन रेलको शुभारम्भ गरेका हुन् । हाइड्रोजन इन्धन कोषमार्फत विद्युत् उत्पादन गरी सञ्चालन हुने यो रेल भारतको हरित यातायात अभियानमा महत्वपूर्ण उपलब्धि मानिएको छ ।
नेपालले सन् २०२० (२०७७ साउन) मा ल्याब स्थापना गरेर नेपालमा हाइड्रोजन ऊर्जाको सम्भाव्यता अध्ययन र परीक्षणको काम अघि बढाइएको थियो ।
नेपालमा हाइड्रोजन प्रविधि भित्र्याउन र विकास गर्न योगदान पु¥याउन डा. विराजसिंह थापाको नेतृत्वमा काठमाडौ विश्वविद्यालयले नेपालमै पहिलो पटक ग्रिन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसन निर्माण गरेको थियो । त्यसयता नेपालमा हाइड्रोजन ग्यासको चर्चा र काम दुबै सेलाएको छ ।
भारतले स्वच्छ र वातावरणमैत्री प्रविधिमा आधारित रेल सन्चालनमा ल्याएको हो । यो सेवा उत्तर रेलवे अन्तर्गतको जिन्द–सोनीपत खण्डमा सञ्चालन हुनेछ ।
यसबाट जलवाष्प र ताप बाहेक अन्य हानिकारक प्रदूषक उत्सर्जन हुँदैन । यसले डिजेल रेलको विकल्पका रूपमा कार्बन उत्सर्जन घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया